कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

फाइलफोटो

काठमाडौं, २८ साउन । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।

जनकपुरका एक ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ। धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

त्यसैगरी कोरोनाबाट एकजना युवकले पनि ज्यान गुमाएका छन्। धादिङको नीलकण्ठ नगरपालिका-१४ निवासी ३२ वर्षीय पुरुषको कोरोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ।

सप्तरी घर भएका र राजविराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको मृत्यु भएको छ। मोरङका ५५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

कपिलबस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ। बारा कलैयाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here