कोरोना नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकको दुई करोड ६७ लाख सहयोग

काठमाडौं, २९ साउन । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंक सहयोग रकम हस्तान्तरण गरेको छ ।

बैंकका अध्यक्ष मनोजकुमार केडियाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

यसअघि बैंकले प्रदेश सरकार तथा विभिन्‍न स्थानीय तहलाई ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here