कहिलेकाहीँ घरले पनि दिन्छ पहिरोको पूर्व संकेत, यसरी थाहा पाउनुहोस्

फाइलफोटो

काठमाडौं, २९ साउन । बाढी,पहिरो र डूवान नेपालको कुनै एक ठाँउको मात्र समस्या होईन । नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहिरोको समस्या भोग्दै आएको छ ।

बाढी,पहिरोको कारण मनसुन सुरुभएयता अहिले पनि पहाड होस या तराई आकाश हेरेर रात काट्न मानिस बाध्य छन भने पिडितले अहिलेसम्म समुचित राहात पाउन सकेका छैनन् ।

हरेक बर्ष मनसुन सुरुभएसँगै नेपालमा बाढि पहिरोको त्रास बढ्ने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार मनसुन शुरु भएयता(जेठ ३० देखि साउन २७ सम्म) पहिरोका कारण १८० जनाको मृत्यु भएको छ। घटनामा ४३ जना बेपत्ता भएका छन् । १४८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनले सामाजिक सञ्जालमा सार्वजनिक गरिेको भिडियोमा आफ्नै घरले पनि पहिरोको पूर्व संकेत गर्ने जनाएको छ । भिडियो अनुसार के हुन त पहिरोको पूर्व संकेत ।

-पहिरोको सम्भावित घरको भित्तामा चिरा पर्नु । परेको चिरा बढ्दै जानु ।

– मझेरी, पिँडी, आँगन भाँसिदै जानु ।

-घरका झ्याल, ढोका फाटिएर खोल्न अप्ठारो हुनु ।

-घरवरीपरिको जमिन भाँसिनु आदी पहिरो जानु पूर्वका संकेत हुन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here