कोरोना सुरक्षाका लागि बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको १४ बुँदे निर्देशन

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर न्यूनतम बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई १४ बुँदे निर्देशन दिएको हो ।

निर्देशनमा केन्द्रीय बैंक सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न, सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा दिन निर्देशन दिइएको छ ।

अत्यावश्यकबाहेकका सबै प्रकारका बैठक, समीक्षा, सेमिनार, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्न निर्देशन दिइएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि एक कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न पनि निर्देशन दिइएको छ ।

आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएपछिमात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन छ ।

साथै, इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ ।

संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक ट्रेसिङ्‍मा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ केन्द्रीय बैंकद्वारा जारी सो परिपत्रमा भनिएको छ ।

सम्बन्धित समाचारः

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, रिभर्स रिपोमार्फत २० अर्ब तान्दै राष्ट्र बैंक

सात पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीबिहीन

कोरोनाले थलिएको अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकलाई व्यवस्थापन संघद्धारा सुझाव पेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here