माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटबाट भुक्तानी

काठमाडौं, ३० साउन । माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ ।

नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी वी च्याट वालेटमार्फत भुक्तानी गर्न सक्नेछन् । बैंकले फस्ट पे टेक्नोलोजीसँगको सहकार्यमा उक्त सेवा संचालनमा ल्याएको हो ।

बैंकले हाल देशभरका १५९ वटा शाखा कार्यालय,१३४ शाखारहित बैकिङ सेवा, १९८ वटा एटीएम र १ हजार भन्दा बढी पीओएसमार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारः

माछापुच्छ्रे बैँकको चितवनदेखि कैलालीसम्म नयाँ शाखा विस्तार

सेयर धितो कर्जा: कुन बैंकले कति लिन्छन् ब्याज ?

कोरोना उपचार कोषमा २२ वाणिज्य बैंकको साढे २५ करोड जम्मा हुँदै

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here