बैंकका कर्मचारीलाई चियाखाजाका लागि कार्यालय बाहिर जान रोक, यस्तो छ कार्ययोजना

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकले कोभिड १९ को जोखिम ब्यबस्थापनको लागि कार्ययोजना तयार पारेको छ ।

कोरोना जोखिम ब्यबस्थापन कसरी, कर्मचारी वा संचालकलाई संक्रमण देखिए के गर्ने लगायत विषयलाई समेटेर राष्ट्र बैंकले ब्यबस्थापन र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना पारित गरेको हो ।

कार्ययोजनामा कर्मचारीहरुलाई यथासंभव आफूलाई चाहिने खाजा घरबाटै ल्याउन प्रेरित गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई चिया तथा खाजका लागि कार्यालय बाहिर जान रोक लगाएको छ ।

कोभिडको संक्रमण रहुञ्जेल राष्ट्रबैंकले एक विभागबाट बिनाकाम अर्को विभाग जाने कार्यलाई समेत रोकेको छ । ‘एक विभागबाट अर्को विभागमा अनावश्यक आवतजावत गर्ने कार्यलाई तत्काल बन्द गर्ने ।’ राष्ट्रबैंकले कार्ययोजनामा प्रष्ट व्यवस्था गरेको छ ।

जसमा कर्मचारी वा संचालकलाई संक्रमण भए अस्पताल वा होटेलमा आईसोलेसनमा राखिने भएको छ । यसको खर्च भने बैंकले नै बेहोर्ने छ ।

उनीहरुको सम्पर्कमा आएकाहरुलाई पनि आईसोलेसनमा राखिने भएको छ । त्यस अवधिमा उनीहरुले बिना भत्ताको काज र क्वारेन्टाइनमा बस्दा वर्क फ्रम होमको सुविधा पाउने छन् ।

फ्रन्ट लाइनमा रही प्रत्यक्ष बाह्य सम्पर्कमा काम गर्नुपर्ने कर्मचारीको हकमा कार्यको संवेदनशीलता र संभावित संक्रमणको अवस्था हेरी प्रत्येक १५ दिनको अन्तरालमा पीसीआर टेस्ट गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

यस्तो छ राष्ट्र बैंकको योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here