ग्लोबल आईएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

काठमाडौं, ३० साउन । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो । भदौं १ देखि उनले जिम्मेवारी सम्हाल्नेछन् ।

बज्राचार्य दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा पूरा कार्यकाल विताएका थिए ।

यसअघि सनराइज बैंक, एनसिसी बैंकमा पनि सिइओ भइसकेका छन् । बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । बज्राचार्य नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका व्यक्ति हुन् ।

सम्बन्धित समाचारः

ग्लोबल आइएमई बैंकका सीईओ कुँवरद्वारा राजीनामा

ग्लोबल आइएमई बैंकले कमायो साढे ३ अर्ब खुद नाफा

ग्लोबल आइएमई बैंकले ल्यायो सस्तो व्याजदरमा कर्जा योजना, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण

ग्लोबल आइएमई बैंक, एफवीन र आइएलओबीच समझदारीपत्रमा हस्ताक्षर

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here