भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिए, हालसम्म १८ लाख संक्रमण मुक्त

काठमाडौं, ३१ साउन । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९९० जनाको मृत्यु भएपछि भारतमा शनिवार विहान सम्म मृत्यु हुनेको संख्या ४९ हजार १३४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here