पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना पुष्टी

काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा नयाँ बिरामी थप भएका हुन् ।

११ हजार ४ सय ४७ जनामा भएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । २४ घण्टामा १२४ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुने कुल संख्या भने १७ हजार २ सय १ जना पुगेको छ । देशभर अब सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here