उपत्यकामा ९८ जना कोरोना सक्रमित थपिए

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको अनुसार २४ घण्टामा उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ८०, ललितपुरको ९ र भक्तपुरको ९ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १४४१, ललितपुरमा २३० र भक्तपुरमा १२४ संक्रमित पुष्टि भएका छन् ।

योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १७९५ पुगेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here