नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोनवार्ता

काठमाडौं, ३१ साउन । नेपाल र भारतबीच राजनीतिक विवाद चुलिएकै समयमा दुई उच्च नेतृत्वबीच टेलिफोनवार्ता भएको छ । शनिबार भारतले ७४ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । यसै अवसरमा बधाई ज्ञापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई ज्ञापन गरेका छन् । उनले भारतको उत्तरोत्तर प्रगतिको शुभकामना दिए । दुई प्रधानमन्त्रीबीच कोरोना भाइरसको संक्रमणविरुद्ध संयुक्त रुपमा लड्ने प्रतिवद्धता पनि भएको छ । प्रधानमन्त्री ओलीले मोदीको छिमेकीलाई प्राथमिकता दिने नीतिको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरेका छन् । अब दुबै मुलुकबीच निरन्तर छलफल जारी राख्ने सहमति समेत दुई प्रधानमन्त्रीबीचमा भएको छ । नेपाल र भारतबीच छिट्टै औपचारिक वार्ताको तयारी भइरहेको छ ।

यसैक्रममा १७ अगष्टमा नेपालका लागि भारतीय राजदूत र परराष्ट्र मन्त्रालयका सचिव औपचारिक छलफलमा जुट्दैछन् । नेपाल र भारतबीच नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक भएयता औपचारिक वार्ता टुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here