भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

फाइलफोटो

काठमाडौं, ३२ साउन । विश्वभर एकैदिन २ लाख ४८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको संख्या २ करोड १६ लाख ३५९ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ६०३ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४३ लाख २१ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.३० प्रतिशत हो । छिमेकी देश भारतमा भने कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ।

आइतबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा संक्रमणको कारण ५० हजार ८४ जनाले ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणका कारण नौ सय ५० जनाले ज्यान गुमाएका छन्। यसबीचमा झण्डै ६४ हजार नयाँ संक्रमित थपिएका छन्। नयाँ थपिएकासँगै भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार दुई सय आठ पुगेको छ।

त्यहाँ अहिलेसम्म १८ लाख ६० हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ४० जनाले ज्यान गुमाएका छन्। यस बीचमा दुई लाख ४७ हजार चार सय २१ जना नयाँ संक्रमित थपिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here