ज्योति लाइफले पायो यूआरएस आइएसओ मान्यता

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सले यूआरएस आइएसओ ९००१:२०१५ मान्यता पाएको छ ।

यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षणका आधारमा आइएसओ चिह्न प्रदान गरेको हो ।

ज्योति लाइफले साउन २१ गते (अगष्ट ५) मा आधिकारीक गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त पाएको हो ।

ज्योति लाइफले आफ्नो स्थापना कालदेखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिह्न प्राप्त गरेपछि आफ्नो कार्यविधि र प्रविधि संरचाना थप सुधार गर्दै ग्राहकलाई दिने सेवा सुविधा थप सबल पार्ने कम्पनीले जनाएको छ ।

सम्बन्धितः

कुनले कति आर्जन गरे बीमा शुल्क, ३० प्रतिशत हिस्सा नेपाल लाइफको

घातक रोग विरुद्ध जीवन बीमा कम्पनी, कुनको पोलिसी कस्तो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here