पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या विश्वकै सबैभन्दा धेरै

काठमाडौं, १ भदौं । भारतमा कोरोना संक्रमितको संख्या अप्रत्यिसत रुपमा नै वृद्धि हुदै गएको छ । कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले अमेरिका र ब्राजिललाईसमेत भारतले पछि पार्न थालेको हो।

पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या पनि भारतमा धेरै छ।

पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा नौ सय ६० जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ५८ हजार एक सय आठ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु र संक्रमितको यो संख्या विश्वका अन्य सबै देशको भन्दा धेरै हो।

यसबीचमा संक्रमणको कारण ब्राजिलमा पाँच सय ५२ र अमेरिकामा पाँच सय २२ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा ३६ हजार आठ सय ४३ र ब्राजिलमा २२ हजार तीन सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ ।

एकैदिन २ लाख १२ हजार १९५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २ करोड १८ लाख २२ हजार १५९ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७२ हजार ९६५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४५ लाख ५६ हजार ९६५ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.७० प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here