बिरामीको बढ्दो चाप: सामाजिक दुरी कायम गर्न आफै कस्सिए माहाकालीका मेयर

पप्पु गुरुङ्ग, दोधारा, १ भदौं । नेपाल–भारत सीमा सिल तथा कोरोना भाइरसको कारण बिरामी अन्यत्र जान नसक्ने अवस्था भएको कारण माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिरामीको घुईचो लाग्न थालेको छ् ।

दैनिक २ सय देखि २ सय ५० जना बिरामी बिभिन्न समस्या लिएर उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पुग्ने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।

कोरोनाको कहरसंग भिड भाडको कारण संक्रमण अझै बढ्न सक्ने प्रबल सम्भावना बढेर गएको छ् । आज माहाकाली नगरपालिकाका मेयर बिर बहादुर सुनार स्वास्थ्य केन्द्र दोधारामा भीड व्यवस्थापनमा आफै खटिएका छन् ।

प्राथामिक स्वास्थ्य केन्द्र दोधारामा बिरामीको दैनिक भीड बढेपछि मेयर आफैं व्यवस्थापनमा खटिएका हुन् । मेयर बिर बहादुर सुनारले सामाजिक दुरी बनाई राख्न सबैलाई आग्रह गर्नुको साथै प्राथमिक स्वास्थ्य केन्द्र दोधारा प्रशासनलाई सामाजिक दुरी कायम राख्न निर्देशन समेत दिएका छन् ।

माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सबै सचेत रहन पनि आग्रह गर्दै माहाकाली नगरपालिका क्षेत्रमा सामाजिक दुरी कायम गरि कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

मेयर सुनार विरामीको लाईन व्यवस्थापन गर्न सक्रिय रुपमा लागेका छन् । मेयर सुनारले भीड व्यवस्थापनका लागी उपचार गर्न आउनेहरुका लागी टोकन प्रणाली अपाउन स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले सामाजिक दुरी तथा लाइन व्यवस्थापनमा समस्या देखिएको मेयर सुनार आएको बताए ।

डाक्टर चौधरीका अनुसार अहिले स्वास्थ्य केन्द्रमा विरामीको संख्या ह्वात्तै बढेको कारण सामाजिक दुरी तथा लाईन ब्यवस्थापन गर्न कठिनाई पर्दै आएको छ् ।

कोरोना भाइरसको कारण अन्यत्र स्थानमा उपचार गर्न अससजिलो भएको कारण प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा थेग्न नसकिने भिड बढेर गएको बताईएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कार्यरत गगन चौधरीको आगमन पछि स्वास्थ्य केन्द्र प्रति जनताको बिश्वास बढ्दै गएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here