कोरोना संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौं, १ भदौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको हो ।

काठमाडौं निवासी संक्रमितमा मधुमेह, उच्चरक्तचाप र मृगौला सम्बन्धी समस्या पनि रहेको थियो ।

उनी साउन २० गते पाटन अस्पताल भर्ना भएका थिए । गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि उनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका ३२ वर्षीय एक युवक र जनकपुरमा गत शुक्रबार मृत्यु भएका ४३ बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here