नबिल बैंकको ऋणीलाई कर्जा ब्याजमा ०.२५ प्रतिशत छुट

काठमाडौं । नबिल बैंकले ऋणीलाई कर्जाको ब्याजमा ०.२५ प्रतिशत छुट दिएको छ।
कोरोना भाइरस महामारीबाट आफ्ना ऋणी निकै समस्यामा परेको भन्दै बैंकले ब्याजमा ०.२५ प्रतिशत छुट दिएको हो।

सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाइसकेको बैंकले बताएको छ। यस्तो छुट खराब कर्जाका ऋणीले भने नपाउने भएका छन्।

सबै प्रकारका ऋणीले यो छुट पाएको बैंकले जनाएको छ । खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले भने यो सुविधा नपाउने बैंकले जनाएको छ ।बैंकको यो प्रयासले ऋणीलाई राहत हुने बैंकको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here