काठमाडौं उपत्यकामा २ सय ५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो नै अहिले सम्मको धेरै हो

संक्रमितहरु काठमाडौंको १३८, ललितपुरको ५० र भक्तपुरको १७ जना रहेको गौतमले बताए ।

योसँगै काठमाडौंमा १८७६, ललितपुरमा ३३२ र भक्तपुरमा १६४ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २३४० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here