राजस्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल नियुक्त

काठमाडौं, २ भदौं । सरकारले राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ।

सोमबारको मन्त्रीपरिषद्को बैठक सुनाउदै अर्थमन्त्री डा. युवराज खतिवडाले दाहाललाई नियुक्त गरेको जानाकारी दिए ।

उनी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालका पालमा हङ्कङको महाबाणिज्य दूत पनि भएका थिए।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत पुसमै राजश्व बोर्ड गठन गर्ने बताएका थिए। तर गठन भने गर्न सकिरहेका थिएनन्।

त्यस्तै अर्थमन्त्रालयले राजस्व सम्बन्धिका विवाद समाधान तथा नीतिगत सुझाव दिनका लागि गठन गर्ने स्थायी संयन्त्रको सदस्यमा निर्मलहरी अधिकारी नियुक्त भएका छन्।

अधिकारी यसअघि अर्थमन्त्रालयको सहसचिवबाट अवकास पाएका थिए। उनी अहिले राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष छन्।

यस्तै सरकारले समाज कल्याण परिषद्को कोषाध्यक्षमा डाक्टर लोकनाथ सुवेदीलाई नियुक्त गरेको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डाक्टर देवराज रोका र प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेल नियुक्त गरेको छ ।

त्यस्तै बैठकले बेल्जियम र युरोपेली युनियनको राजदूतमा गेहेन्द्रराज भण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई नियुक्त गरेको हो । तीनै जना परराष्ट्र मन्त्रालयका कर्मचारी हुन् ।