यो साता तीन कम्पनी आइपीओ, कति कित्ताका लागि आवेदन उपयुक्त ?

काठमाडौं, ३ भदौं । यसै साता तीन कम्पनीको साढे ९१ करोड भन्दा बढीको साधारण सेयर आइपीओ खुल्दैछ् ।

बुधबार लिवर्टी इनर्जीको आइपीओ खुल्ला भैसकेको छ भने बिहिबार समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स आइपीओ बिक्रीमा आउन लागेको हो ।

लिवर्टीले स्थानीयले नकिनेकोसहित कुल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गरेको हो ।

कम्पनीले यसअघि आयोजना निर्माणस्थल लमजुङबासीलाई अंकित मूल्य १०० का दरले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता जारी गरेको थियो ।

जसमा १३ लाख १५ हजार ९३० कित्ताका लागि आवदेन परेको थिएन । लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म सबै नबिकेमा भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेदेखी ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

जसमध्ये संस्थाका कर्मचारीका लागि एक हजार र सामूहिक लगानी कोषका लागि ४ हजार ३०० कित्ता छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता सेयर बिक्रीमा आउन लागेको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

रिलायन्स लाइफ इन्स्योरेन्सले पनि भदौ ४ गतेदेखि सर्वसाधारणका लागि ६३ करोड बराबरको ६३ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्दैछ ।

जसमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लिवर्टीको आइपीओ ३ लाख ५६ हजार ४९३ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्दछ।

तसर्थ ३ लाख ५६ हजार ४९३ जनाले मात्र भरे भने सबैले १० कित्ता पाउछन् भने सो भन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट १० कित्ता पाउने सम्भावना हुन्छ ।

हालसम्म खुलेका आइपीओमा करिब ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

समाज लघुवित्तको ८० हजार ७०० कित्ता सेयर सर्वसाधारणको भागमा रहेको छ । यसको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित छ ।

रिलायन्स लाइफको आईपीओमा सर्वसाधारणले ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यसकारण पनि २० कित्ता अर्थात २ हजार रुपैयाँका दरले आइपीओमा आवेदन गरे उपयुक्त देखिन्छ ।

हालसम्म खुलेका आइपीओमा करिब ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका कारण नै रिलायन्स लाइफमा २० कित्ताका दरले आवेदन गरेमा गोलाप्रथाबाट १० कित्ता सेयर पाउने सम्भावना रहन्छ।

६३ करोड बराबरको ६३ लाख कित्ता सेयर आईपीओ निष्काशन गरेपनि ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

यो पनि ।

लिवर्टी इनर्जीको आइपीओ खुल्यो, दुईलाख कित्तासम्म भर्न पाइने

नेप्से परिसूचक ५.६८ अंकले बढ्यो, १ अर्ब २३ करोडको कारोबार

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here