अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

फाइलफोटो

काठमाडौं, ३ भदौं । मनसुनी न्यून चापीय प्रणालीसँगै भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसम बदली भएको छ ।

मौसम पूर्वनुमान महाशाखाको अनुसार हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका मेघगर्जन सहित थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधबार राति पनि यी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम कायमै छ । मौसमविद्ले रातको समयमा धेरै वर्षा हुने अनुमान रहेकाले सतर्क रहन सुझाव दिएका छन् ।

यस्तै, नदी आसपासमा बसोबास गर्नेलाई पनि विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भदौं ३ गते (बुधबार)

राती : देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौं ०४ गते (बिहीबार)

दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भदौं ५ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here