थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

काठमाडौं, ५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ। कुल संक्रमितमध्ये १३७ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here