‘स्पेनिस फ्लूको तुलनामा कोरोना चाँडै नियन्त्रणमा आउँछ’

काठमाडौं, ६ भदौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै नियन्त्रणमा आउने बताएका छन् ।

डब्लयूएचओका प्रमुख टेड्रस एदानम गेब्रियससले कोरोना नियन्त्रण स्पेनिस फ्लूको तुलना सहज भएकाले आगामी दुई वर्षभित्र नियन्त्रणमा आउने बताएका हुन्।

उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो।

स्पेनिस फ्लूले विश्वमा दुई वर्षसम्म महामारीको रूपमा लिएको थियो। महामारीसँग लड्न अहिलेजस्तो सुविधा त्यतिबेला नभएको पनि डब्ल्यूएजओले बताएको छ। अहिलेको उपचार पद्धतिले कोरोनासँग लड्न सहज भएको उनको भनाई छ।

उन्नत विज्ञान र प्रविधिका कारण काेराेना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने अनुमान गरिएकाे उनले बताएका छन्।

डब्ल्यूएचओका प्रकोप नियन्त्रण प्रमुख डा. माइकेल रेयानले स्पेनिस फ्लू तीन चरणमा फैलिएको र त्यसमध्ये दोस्रो चरण सबैभन्दा खतरनाक रहेको स्मरण गरे। उनले कोरोना भाइरस स्पेनिस फ्लूजस्तो खतरनाक भने नरहेको बताए।

स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् २ वर्षभन्दा बढी समयसम्म रहेको थियो। र, त्यसले विश्वका २ करोड मानिसको ज्यान लिएको थियो। बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here