सेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट मात्रै, चेक लेनदेन नहुने

काठमाडौं, ६ भदौं । अब सेयर कारोबारको राफसाफ अनलाइन प्रणालीबाट मात्रै हुने भएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै नेपाल स्टक ब्रोकर एसोसिएसनले सेयर खरिदबापतको रकम विद्युतीय माध्यमबाटै भुक्तानीका लागि लगानीकर्तालाई आग्रह गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्डले विद्युतीय माध्यमबाट रकम आदनप्रदान गर्दै बजारलाई अनलाइनमैत्री बनाउन निर्देशन दिएसँगै ब्रोकर व्यवसायीले अब सेयर कारोबारको रकम राफसाफ गर्दा चेक लेनदेन नगर्ने बताएका हुन् ।

यसैगरी सबै लगानीकर्तालाई पनि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एनसीएचएलको कनेक्ट आईपीएसमार्फत सेयर खरिदबापतको रकम भुक्तानी गर्न आग्रह गरिएको छ ।

हाल चेकबाट ठूलो संख्यामा कारोबारको लेनदेन भइरहेको भन्दै ब्रोकर एशोसिएसनले अब उप्रान्त विद्युतीय माध्यमबाट मात्र लेनदेन गरिदिन लगानीकर्तालाई अनुरोध गरेको छ ।

लगानीकर्ताले सेयर विक्री गरेको रकम खातामा पठाइदिँदा कतिपय लगानीकर्ताको बैंक खाताको विवरण नमिलेर फिर्ता हुने गरेको भन्दै एशोसिएसनले बैंक खाताको विवरण अध्यावधिक गरी अनलाइनबाटै रकम लिन सक्ने व्यवस्था मिलाई दिन पनि लगानीकर्तालाई आग्रह गरेको छ ।

ब्रोकरलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानीहरु विद्युतीय माध्यमबाट मात्र गर्न गराउन पनि एशोसिएसनले आग्रह गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here