मंगलबारबाट पुनः नेपालीको उद्धार शुरु हुने

काठमाडौं, ८ भदौ । मंगलबारबाट विदेशमा रहेका नेपालीको उद्धारको काम पुनः शुरु हुने भएको छ । यसअघि होटेल क्वारेन्टिन व्यवस्थापन गर्ने भन्दै रोकिएका पूर्वनिर्धारित उडानलाई परिमार्जन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालीका तय गरेको हो । अब मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाको जहाज नेपाल आउने भएको छ ।

बुधबार इत्तिहाद एयर आवुधाबी र फ्लाई दुबई दुबईबाट काठमाडौं आउने गरी तालिका तय भएको छ । बिहीबार नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु बोकेर काठमाडौं आउने छ । सोही दिन टर्कीस एयरले यूरोप र अमेरिकामा रोकिएका नेपालीलाई घर ल्याउने छ ।

तर, टर्कीस र कतारले बढीमा १ सय जना मात्र यात्रुलाई काठमाडौं ल्याउनेछन् । अब पिसिआर रिर्पोट नभएका यात्रुलाई काठमाडौं ल्याउन पाउने छैन । तर, पिसिआर सम्भव नहुने देशबाट आएका यात्रुलाई भने होटेल क्वारेन्टिनमा राखिनेछ ।

एयरलाइन्सले अनुमति बीना पिसिआर नभएका यात्रु ल्याएमा होटेलमा लागेको खर्च स्वयमः एयरलाइन्सले बेहोर्नु पर्नेछ । वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउने छन् । नेपाल आइसकेपछि यात्रु ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने गरी प्रावधान बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here