सगरमाथा सरसफाइ अभियानलाई कोकाकोलाको साथ

काठमाडौं, २३ बैशाख । पेयपदार्थ उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रिय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपीसीसीसँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउन सुरु गरिएको अभियानलाई सघाउने भएको छ ।

‘क्लिनआवर प्राइड’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाईराख्ने लक्ष्य लिएको छ ।

पर्यटन विभागका सामान्य निर्देशक डन्डुराज घिमिरेले भने, ‘हामीले सगरमाथा सरसफाई अभियान सुरु गर्न खोजिरहेकै बेलामा कोकाकोला जस्तो कम्पनीबाट यस अभियानमा सामेल हुने उत्साहले हाम्रो लागि विशेष महत्व राख्छ । यस प्रकारको आर्थिक र नीतिगत सहयोग प्राप्तगर्दा कार्यक्रम धेरै नै सफल हुने पक्का छ । नेपाल सरकारले यस किसिमका सहयोगको धेरै नै सम्मान गर्नुका साथै कम्पनीलाई शुभकामना पनि प्रदान गर्दछ ।’

अभियानका बारेमा बोल्दै खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष निम दोर्जी शेर्पाले भने, ‘खुम्बु पासाङ ल्हामु गाउँपालिकाको प्रमुख उद्देश्य वरीपरिका हिमाली भूभागलाई सफा र स्वच्छ राख्नु हो । कोकाकोला लगायतका विभिन्न संघसंस्थाले सगरमाथा सफा राख्ने अभियानमा सहयोग गर्नुभएकोमा हामी एकदमै आभारी छौं ।’

नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामा, सगरमाथा प्रदुषण नियन्त्रण संस्थाका सभापति आङ दोर्जी शेर्पाले पनि अभियान सफल बनाउननुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कोकाकोला भारत र पश्चिम एसियाको सार्वजनिक मामिला, संचार र स्थिरता आयोगका उपाध्यक्ष इश्तेयाक अम्जदले भने, ‘ यस अभियानमा सहभागी हुन पाएकोमा हामी आभारी छौं, र यस साझेदारिको लागि नेपाली सेना, नेपाल सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि.लाई धन्यवाद भन्न चाहन्छौँ ।’

बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक प्रदिप पाण्डेले यस अभियानको एक हिस्सा बन्नपाएकोमा गौरवान्वित भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here