जमैकाको जित, सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

काठमाडौं, १० भदौं । क्यारेवियन प्रिमियर लिगमा सन्दीप आबद्ध जमैका तल्लावाजले अमेजन गुयना वारियर्सलाई ५ विकेटले हराएको छ।

वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो ।
जमैकाको जितमा सन्दीपमा किफायती बलिङ गर्दै १ विकेट लिए। ४ ‌ओभर बलिङ गरेका सन्दीपले १२ रनमात्र दिएका थिए। सन्दीपले सेर्फेन रुथरफोर्डको विकेट लिएका थिए।

४ खेल खेलेको जमैकाको यो दोस्रो जित हो। ४ अंक जोडेको जमैका अंकतालिकाको चौथो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here