काठमाडौं, १२ भदौं । चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकेको छ ।
सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य १४० अमेरिकी डलर अर्थात् १०६ युरो तोकेको छ । यो भनेको करिब १६ हजार ५०० नेपाली रुपैयाँ पर्छ ।
चिकित्सा विज्ञहरुले खोपको सहज उपलब्धता नहुँदासम्म कोरोना भाइरसको संक्रमण पूर्ण नियन्त्रणमा आउन नसक्ने चेतावनी दिइरहेका बेला चिनियाँ कम्पनी कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो ।
कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ ।
विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ वटामध्ये आधा खोप चिनियाँ हुन् । रुस र अमेरिकी राष्ट्रपति कार्यालयका केही व्यक्तिले चाहे जस्तो चीन पनि एक कदम अगाडि बढेको छ।
चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन्।
चीन भने विश्वका अन्य मुलुकभन्दा आफूले अगाडि खोप विकास गर्ने प्रतिस्पर्धाको प्रयासमा छन् । उसले आफ्नो खोप विकासमा भइरहेको निरन्तरको प्रगतिबारे सार्वजनिक जानकारी गराउँदै आएको छ ।
चिनियाँ सञ्चारमाध्यमले गत साता विकासको क्रममा रहेको एउटा खोपको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन् । बीबीसी