एनएमबी बैंक र सामसुङ मोबाईल बिक्रेता आईएमएस बीच ईएमआई कर्जासम्बन्धी समझदारी

काठमाडौं, १३ भदौ । एनएमबी बैंक लिमिटेड र सामसुङ मोबाईलको आधिकारिक बिक्रेता आईएमएसले मोबाईल फोनको खरीदमा ईएमआईमा कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी गरेका छन् ।

दुई कम्पनीले शुक्रबार यस्तो समझदारीपत्रमा हस्ताक्षर गरेको बताइएको छ ।

समझदारीपत्रमा एनएमबीका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन श्री नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।

यस अन्तर्गत एनएमबीका ग्राहकहरुले सामसुङ आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबी सुलभ किस्ता’ योजना अन्तर्गत नौ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखा, ६ विस्तारित काउन्टर, र १३५ एटीएमको सञ्जालमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धितः

सामसुङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि-बुकिङ अवधि भदौ १९ गतेसम्म

शाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड, सामसुङ दोस्रो

स्मार्टफोन बिक्रीमा हुवावेको नयाँ रेकर्ड, सामसुङलाई उछिन्यो

एनएमबीको ‘ओम्निच्यानल’, अनलाइनबाटै २५ भन्दा बढी सुविधा

एनएमबी बैंकको वित्तीय सूचकमा सुधार, वितरण योग्य नाफा १२ प्रतिशत बढ्यो

विद्युतीय माध्यमबाट बस भाडा तिर्न सकिने, एनएमबी र एनक्लाउडले ल्याए नयाँ प्रडक्ट

एनएमबी बैंक र जडिबुटी व्यवसायी संघले गरे साझेदारीका लागि समझदारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here