‘पीसीआर कोरोनाको अचुक औषधि होइन्, परीक्षण गर्न भनसुन नगरौं’

काठमाडौं, १३ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराउन भनसुन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गराउन भनसुन गर्ने क्रम बढेको उक्त आग्रह गरेका हुन् ।

पीसीआर कोरोनाको अचुक औषधि नभएको बताउँदै शंकास्पदको मात्रै परीक्षण गरिने बताए।

उनले कसैलाई आफूखुसी परीक्षण गराउन मन लागेको भए पैसा तिरेर गर्ने व्यवस्था मिलाइएको भन्दै भनसुन नगर्न आग्रह गरे। ‘पीसीआर गर्न भनसुन गर्ने प्रवृत्ति बढेकोप्रति ध्यानाकर्षण भएको छ।

यो कोरोनाको अचुक औषधि होइन। यसमा प्रयोग हुने उपकरण नेपालमा बन्दैनन्। ठूलो धनराशी विदेशिन्छ,’उनले भने,‘सरकारले शंकास्पदको निशुल्क परीक्षण गर्छ।

त्यस्तै कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गम्भीर विरामीको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल २२ कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ३, वागमती प्रदेशमा १७ र प्रदेश ५ मा २ गरी २२ कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार १७५ संक्रमित आईसीयूमा छन् । प्रदेश १ मा १५, प्रदेश २ मा ३८, वागमती प्रदेशमा ७८, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १७ र कर्णाली प्रदेशमा २४ संक्रमित आईसीयूमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here