सिम कार्ड छ महिना प्रयोग नगरे निष्क्रिय, एक वर्षमा स्वामित्व सकिने

काठमाडौं, १४ भदौ । तपाईंले आफ्नो सिम कार्ड एक वर्षसम्म प्रयोग नगरे दूरसञ्चार प्रदायकले त्यसमा तपाईंको स्वामित्व अन्त्य गर्दै अरुलाई बेच्न पाउने छन् ।

हालसम्मको छ महिनामै निष्क्रिय हुने र स्वामित्व अन्त्य गर्ने प्रावधानलाई नेपाल दूरसञ्चार प्राधिकरणले परिवर्तन गरी एक वर्षसम्म सिममाथिको स्वामित्व अन्त्य गर्न नपाउने व्यवस्था गरेको हो ।

दूरसञ्चार कम्पनीहरुले छ महिनासम्म प्रयोग नगरेको सिमलाई निष्क्रिय बनाउने र अर्को ग्राहकलाई विक्री गर्ने गर्दै आएका थिए ।

तर, यसो गर्दा व्यक्तिका बैंक, कर तथा अन्य सूचनाहरुमा अनधिकृत पहुँच बढ्न सक्ने र दुरुपयोग हुन सक्ने संभावनालाई हेरेर नयाँ व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । यद्यपि बैंक तथा वित्तीय संस्थाहरुले भने दुई वर्षसम्म सिम निष्क्रिय गर्न आग्रह गर्दै आएका थिए ।

तर सिमित सिमकार्ड भएकाले रिसाइकल गर्नै पर्ने बाध्यतामा कम्पनीहरु रहेको गोरखापत्र दैनिकले उल्लेख गरेको छ ।

सम्बन्धितः

टेलिकमले एसईईका विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिने

लकडाउनमा टेलिकमको गुम्यो २ अर्ब, ५३ करोडको बोनस प्रदान

टेलिकमले ल्यायो नयाँ सुविधा: कसरी बढाउने सिमकार्डको समयावधि ?

एनसेल बन्यो ‘पब्लिक कम्पनी’, आईपीओ निष्काशनको बाटो खुल्यो

टेलिकम र दूरसञ्चार प्राधिकरणबीच अप्टिकल फाइबर बिछ्याउने समझदारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here