उपकार लघुवित्तको विक्रीप्रवन्धकमा एसबीआई मर्चेन्ट बैकिङ

काठमाडौं १४, भदौं । उपकार लघुवित्त वित्तीय संस्थाको विक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैकिङ नियुक्त भएको छ । प्राथमिक सेयर (आईपीओ) निष्काशनकालागि उपकार लघुवित्त र एसबीआई मर्चेन्टबीच सम्झौता भएको छ ।

सम्झौतामा मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले हस्ताक्षर गरेका छन् ।

बाँकेमा मुख्य कार्यालय रहेको उपकार लघुवित्तले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here