विदेशमा रहेका ५४ हजार ५ सय नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ?

फाइलफोटो/ सीसीएमसी

काठमाडौं, १६ भदौं । सरकारले कोभिड–१९ को संक्रमणको कारण विदेशमा अलपत्र नेपालीहरुको उद्धार कार्य जारी राखेको छ ।

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि भदौं १४ गतेसम्मको अवधिमा ५४ हजार ५ सय ९० जना स्वदेश फर्किएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र आन्तरिक उडान भदौं मसान्तसम्म बन्द राख्ने निर्णय गरेपनि चाटर्ड र मंगलबारदेखि नियमित उडान मार्फत उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै युएई स्वदेश फर्किएका छन् । युएईबाट १५ हजार २ सय १० जना नेपाल फर्किएका छन् ।

कुवेतबाट ६ हजार सय ५ सय ९४ जनाको उद्धार भएको हो । मलेसियाबाट ८ हजार ७ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन्।

जापानबाट १ हजार २ सय ८२ जना, अफगानिस्तानबाट ५० जना, हङकङबाट ८९ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट १ हजार ९१ जनाको उद्धार गरिएको छ।

यस्तै बंगलादेशबाट ८ सय ६५ जना, ओमानबाट ८ सय ११ जना, माल्दिभ्सबाट ७ सय ९ जना नेपाल फर्किएका छन् ।

यसैगरी कतारबाट ६ हजार २ सय ६२ जना, श्रीलंकाबाट ५ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट ९ सय ६७ जना नेपाल फर्किएका छन्। सिंगापुरबाट २ सय ९७, पाकिस्तानबाट ७२,अमेरिकाबाट ४ सय २३ र भारतबाट ८५ जनाको उद्धार गरिएको छ ।

हालसम्म विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि विदेशका र नेपालबाट हिमालय र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् ।

सम्बन्धित ।

एक महिनामा १२ वटा वायुसेवाले ६० वटा नियमित उडान गर्ने

नेपाल एयरलाइन्सको नियमित र चार्टर्ड उडान तालिका, कुन दिन कहाँ ?

लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

हिमालय एयरलाइन्सको छैठौं चरणको चार्टर्ड उडान तालिका र भाडादर सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here