पोखरा र भैरहवामा रेनो गाडीको एक्सचेन्ज क्याम्प

फाइलफोटो

काठमाडौं, २४ वैशाख । नेपालमा रेनो गाडीको आधिकारिक वितरक एडभान्स अटोमोबाईलले ‘पुरानो छोडाैं नयाँ गुडाऔँ’ भन्ने ट्यागलाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।

यहि २३ बैशाख देखि २६ सम्मपोखरा र २५ देखि २८ बैशाख सम्म भैरहवामा आयोजना हुने एक्सचेन्ज अफरमा अटोमोबाइल ग्राहकहरुले जुनसुकै ब्राण्डका पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

एडभान्स अटोमोबाईलले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, सजिलो फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराउने बताएको छ ।

त्यस्तै ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

रेनो एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान कम्पनीले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here