पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने, घरभाडा र तलबमा कटौती गर्न पाउनुपर्ने माग

काठमाडौं, २२ भदौ । कोभिड-१९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको पर्यटनको संभावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए ।

‘अब मास टुरिजमको युग सकियो,’ श्रेष्ठले भने । अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विषेश रुचीको आधारमा सेवा दिन सकिन्छ । त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिने उनले बताए ।

कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिस्चितता बढेको श्रेष्ठको भनाई छ । त्यसैले डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

नेपालको पर्टयन क्षेत्रले पर्यटकका लागि के के दिन सक्छन् भन्ने निस्चित पनि गर्नुपर्ने उनको भनाई थियो । पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समे श्रेष्ठले बताए ।

पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठको जोड थियो । त्यसका लागि पर्यटकको स्वासथ्य सुरक्षा तथा बीमाका कुराहरुलाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यस्तर्फ ध्यान पु¥याउन उनले सुझाए ।

त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार÷पाँच वर्ष लाग्ने बताए ।

‘२०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न,’ संयोजक शाक्यले भने । पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुबै क्षेत्रमा समन्वयको आश्यकता पर्नेमा शाक्यले जोड दिए । त्यस्तै, पर्यटन भित्र्याउन विमानस्थलको सम्पूर्ण व्यवस्थापन गर्न निजीक्षेत्र तयार रहेको शाक्यको भनाई छ ।

कोरोनाका कारण अर्थतन्त्रमै ठुलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने उनले बताए । त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडा लगायतका खर्च कटौती गर्न पाउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धितः

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गरिने, मन्त्रीले दिए पर्यटन बोर्डलाई निर्देशन

महामारीकाबीच पर्यटन मन्त्रालयको प्रगति सकारात्मक

छ महिनामाको अवधिमा विश्व पर्यटन क्षेत्रमा तीन खर्ब २० अर्ब घाटा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here