परिक्षामा अनौठो प्रश्नः धोनीले टस जितेमा बलिङ रोज्ने कि ब्याटिङ ?

काठमाडाैं, २६ बैशाख । भारतको मद्रास स्थित आईआईटीले म्याटेरियल एण्ड इनर्जी ब्यालेन्स विषयको अन्तिम सेमेष्टरको परिक्षामा एउटा अनाैठाे प्रश्न साेधेकाे छ ।

उक्त प्रश्नपत्रको कारण आईआईटी चर्चित भएको छ । प्रश्नमा आइपिएल खेलको क्रममा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले टस जितेमा ब्याटिङ रोज्ने कि बलिङ सल्लाह दिन भनिएको थियो ।

गत सोमबार, मे ६ तारिखमा आईआईटी मद्रासले साेधेकाे प्रश्नमा एउटा अवस्थाकाे व्याख्या गर्दै भनिएकाे छ ः

शीतले क्रिकेट म्याचमा मुख्य भूमिका खेल्छ । धेरै शीत भएमा बल गह्रुंगाे हुने र स्पिनरलाइ बल स्पनिङ गर्न गाह्राे हुन्छ । फास्ट बलरलाइ पनि चाहेका लम्बाइमा प्रहार गर्न गाह्राे हुन्छ, त्यसैले यसले फिल्डङ टिमलाइ बेफाइदा हुन्छ ।

चेन्नई सुपर किङसले आइपिएल २०१९ मा ७ मेमा चेपक रंगशालामा क्वालिफायर खेल्ने छन् । ७ मेकाे मौसम पूर्वानुमान अनुसार चेन्नईमा ७० प्रतिशत आद्रता हुने अनुमान गरिएको छ । खेलको शुरूवातमा तापक्रम ३९ डिग्री सेल्सियस हुने अनुमान छ। सेकेण्ड इनिङमा तापक्रम २७ डिग्री सेल्यसमा झर्ने अनुमान छ ।

यस अधारमा धोनीले टस जितेमा पहिले बलिङ गर्ने सल्लाह दिनुहुन्छ की ब्याटिङ् ? आफ्नो उत्तरलाई तथ्यको आधारमा प्रमाणित गर्नुहोस ।

यो प्रश्नपत्रलाई आइसीसीले समेत आफ्नो ट्विटर ह्यान्डलबाट सेयर गर्दै भनेको छ, ‘वास्तवीक जीवनसँग सम्बन्धित महत्वपूर्ण प्रश्न तयार गरेकोमा आईआईटी मद्राशका प्रोफेसर बिग्नेसलाई धन्यवाद । के कसैले धाेनीलाई सहि सल्लाह दिन सक्छ ?’

आइसीसीकाे ट्विटः

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here