भुटानका डाक्टर प्रधानमन्त्रीः देशकाे सेवा र बिरामीकाे सेवा सँगसँगै

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री भन्नासाथै उनीहरुको जीवन विलासी हुने र घुमघाम र भ्रमणमा समय बिताउँछन् भन्ने हाम्रो सोचाई हुन्छ । किनभने अधिकांश देशका प्रधानमन्त्री यस्तै हुन्छन् ।

फुर्सदको समयमा राज्यको ढुकुटी दोहन गरेर भोगविलासमा रमाउने प्रधानमन्त्रीहरुकै कारण धेरै देशमा यो पद नै बदनाम भएको छ । तर, छिमेकी देश भुटानका प्रधानमन्त्रीको बारेमा थाहा पाउनुभयो भने तपाईं छक्क पर्नुहुन्छ ।

भुटानका यी डाक्टर प्रधानमन्त्री लोटे छिरिङ बिदाको दिनमा अस्पतालमा बिरामी जाँच्न पुग्छन् ।

गत वर्ष भएको निर्वाचनबाट प्रधानमन्त्री चुनिएका उनी अरु दिन प्रधानमन्त्रीको कार्यभार सम्हाल्छन् तर बिहीबार बिहान प्रशिक्षार्थी चिकित्सकहरुलाई सल्लाह र सुझाव दिन्छन् भने शनिबार जिग्मे दोर्जी वाङचुक नेशनल रिफरल हस्पिटलमा बिरामी जाच्ने र अप्रेसन गर्ने काममा ब्यस्त हुन्छन् ।

५० वर्षिय यी डाक्टर भन्छन्, ‘कसैले गल्फ खेल्छन्, कसैले आर्चरी र मलाई बिरामीको सर्जरी गर्न मन लाग्छ, म मेरो सप्ताहन्त अस्पतालमा बिताउँछु ।’

चिकित्सले लगाउने सेतो एप्रोन र स्टेथोस्कोप बोकेर अस्पतालमा डुल्दा उनलाई सबैले प्रधानमन्त्रीको रुपमा भन्दा पनि एक चिकित्सकको रुपमा व्यवहार गर्छन् ।

बंगलादेश, जापान र अष्ट्रेलिया र अमेरिकामा मेडिकल शिक्षा लिएका छिरिङले सन् २०१३ बाट राजनीतिमा पाइला राखेका थिए ।

उक्त वर्ष भएको निर्वाचनमा उनको पार्टीले पराजय भोगेको थियो । प्रधानमन्त्रीको कार्यालयमा पनि उनको कुर्सी पछाडि सेतो कोट झुण्डीरहेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here