काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ असोज । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।

जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ। काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here