‘पर्याप्त बजेट भएका निकायले पनि प्रभावकारी रुपमा काम गर्न सकेनन्’

काठमाडौं, २७ बैशाख । काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले पर्याप्त बजेट विनियोजन भएका निकायहरुले नै आफ्नो काम प्रभावकारी तरिकाले गर्न नसकेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले शुक्रबार प्रस्तावित एजेण्डा तथा निर्णयको बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै आचार्यले सो कुरा बताएका हुन् ।

‘नेपालमा एउटा व्यक्तिले बनाउने र अर्को व्यक्तिले भत्काउने परम्परा धेरै नै रहेको छ,’ उनले भने, ‘त्यसैले आफूले काम गर्न लागेको क्षेत्रमा अन्य कुनै प्रकारका योजना छ वा छैन् भन्ने बारेमा जवानकारी लिनु पर्छ ।’

काठमाडौंमा अव्यवस्थित रुपमा रहेका बिजुली, टेलिफोन र इन्टरनेटका तारको कारण धेरै प्रकारका दुर्घटनाहरु भएको पनि उनले बताए ।

‘दुर्घटना र आगलागीको प्रमुख कारण अव्यवस्थित तार नै हो, यो काम किन व्यवस्थित बन्न सकेन ?’ उनले प्रश्न गरे ।

‘३/४ वर्ष अघिदेखि बन्न सुरु भएको सडकका ट्राफिक लाईटहरु अझै बन्न सकेका छैनन् । यो ठुलो लापरवाही हो यसको विषयमा सम्बन्धित निकाय किन मौन छ,’ उनले भने ।

प्रजिअ आचार्यले कुनै सम्बन्धित निकायलाई आफ्नो काम गर्न कुनै प्रकारको समस्या भए आफूलाई जानकारी गराउन बताउँदै आवश्यक सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

कुनैपनि देशले विकास र प्रगति गर्नको लागि त्यहाँको नियम र कानून राम्रो हुनाको साथसाथै सबै मानिसहरुले आ-आफ्नो क्षेत्रमा पुर्ण ईमान्दारिताका साथ काम पर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here