पोखरामा थपियो अध्यागमनको सेवा, के के छ सुविधा ?

काठमाडौं, २८ वैशाख । तपाईं पोखरामा हुनुहुन्छ र अध्यागमनसम्बन्धि काम गराउनु पर्यो भने अब देशको राजधानी नै धाउनु पर्ने छैन । अध्यागमन विभागले पोखरामा आफ्नो सेवा बिस्तार गरेको छ ।

खासगरी विदेशी पर्यटकको सुविधाका लागि पोखरामा सेवा बिस्तार गरेको अध्यागमन विभागले जानकारी दिएको छ । पोखरा कार्यालयमा भिषा अवधि बढाउने सेवा उपलब्ध हुनेछ ।

टूरिष्ट भिषालाई पुराना पासपोर्टबाट नयाँ पासपोर्टमा ट्रान्सफर गर्न सकिने सुविधा समेत पोखरा अफिसमा उपलब्ध हुने विभागको भनाई छ ।

पोखराबाट अब ट्रेकिङ परमिट समेत उपलब्ध हुनेछ । खासगरी माथिल्लो मुस्ताङ, मनास्लु, नार्फु, त्सुम भ्याली, माथिल्लो र तल्लो डोल्पालगायत भेगमा जाने पर्यटकका लागि पोखराबाटै ट्रेकिङ परमिट जारी हुने विभागले जानकारी दिएको छ । यसअघि यी सबै सेवा काठमाडौंमा मात्र सिमित थियो ।

१० वर्षभन्दा मुनिका बालबालिकालाई उपलब्ध गराइने रिलेसन भिषासमेत पोखरा अफिसबाटै उपलब्ध हुने भएको छ ।

पोखरामा सन् २०२१ को प्रारम्भ मै अन्तरराष्ट्रिय विमानस्थल संचालनमा आउदैछ । त्यसअघि अध्यागमनले आफ्नो सेवा बिस्तार गरेको हो ।

यसअघि त्रिभुवन विमानस्थलबाहेक नेपालको अध्यागमन कार्यालय भारत र चीनको सिमा नाकामा मात्र उपलब्ध थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here