काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ।

जसअनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, भक्तपुरमा १६ महिला र २० पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ।

काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here