थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २० हजार ३९६

काठमाडौं, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८९१ जनाको पीसीआर परीक्षणमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ

पछिल्लो २४ घन्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५५ हजार ३ सय ७१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here