झिनो अंकले घट्यो नेप्से, १ अर्ब ९५ करोडको कारोबार

काठमाडौं, १४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।

बुधबार नेप्से ३.१९ अंकले घटेर १५५०.४३ विन्दुमा कायम भएको छ । यसदिन १९० कम्पनीको १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ८० लाख १९ हजार ६६१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ३४.५४ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ५१.५५ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ११ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली र नेशनल हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here