थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि, १०५७ जना संक्रमण मुक्त

काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २०५ जनाको पीसीआर परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५६ हजार ४ सय २८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर २० हजार८९१ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here