पीसीआरको शुल्क नघटाए ८ वटा प्रयोगशालाको परीक्षण अनुमति खारेज गर्ने सरकारको चेतावनी

काठमाडौं, १४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्रवर गौतमले पीसीआरको शुल्क घटाउन २४ घण्टे अल्टिमेटम दिएका हुन्।

मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिने गरेको पाइएको उनले बताए ।

बढी शुल्क लिनेमा ह्याम्स अस्पताल, मेटिसिटि अस्पताल, स्टार अस्पताल, बिएण्डबी अस्पताल, सूर्या ल्याव, डिकोर ल्याव, सिडिएल ल्याव र इन्टीपेर ल्यावल लगायत रहेको गौतमले बताए ।

बढी पैसा लिने अस्पताललाई कालोवजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउन गृह मन्त्रालय र वणिज्य विभागलाई पत्र पठाउने निर्णय भएको गौतमले जानकारी दिए।

सरकारले भदौ २८ गते नै पीसीआरको शुल्क सबै ल्याबका लागि २ हजार मात्रै तोकेको थियो। तर पछिल्लो समय केही प्रयोगशालाहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर परीक्षण गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here