इसेवाले पायो आइएसओ २७००१ः २०१३ प्रमाणपत्र

काठमाडौं, १४ असोज । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रमाणपत्र प्राप्तिसँगै एक दशक भन्दा लामो समयदेखि मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरीय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने पुष्टि भएको कम्पनीले बताएको छ ।

‘हामीले स्थापनाकाल देखी नै सूचना प्रणाली, गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छाँै,’ इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ।

आइएसओबाट सर्टिफाइड भएसँगै हाम्रो सेवा सुरक्षित र गुणस्तरिय छ भन्ने कुराको थप पुष्टि भएको छ, उनले भने ।

आइएसओ २७००१ः२०१३ (हालको संस्करण) विश्वसनीय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाँच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ ।

यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ ।

नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बिटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढी छ ।

हाल इसेवाका देशभर एक लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

सम्बन्धितः

मोबाइलबाटै किन्नुस् अब मनकामना केबुलकारको टिकट

कृषि विकास बैक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

‘मेरो सेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट, क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति

इसेवा मनि ट्रान्सफर र रेमिटलि युएसएबीच डिजिटल रेमिट्यान्स् सम्झौता

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु