राष्ट्रिय भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने

फाइलफोटो

काठमाडौं, १४ असोज । राष्ट्रिय भिटामिन ए कार्यक्रम आउँदो मंसिर महिनामा सञ्चालन हुने भएको छ ।

यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।

यस पटक भने मंसिर ११ र १२ गते सञ्चालन हुनेछ । ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो।’

देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ।

महाशाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here