शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त

फाइलफोटो

काठमाडौं, १५ असोज । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो ।

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्। रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदैछ ।
वैरागी २०७२ असोज २२ मा सचिव नियुक्त हुनु भएका थिए । वैरागीले पूरै कार्यकाल अर्थात् २०८० असोज २२ गतेसम्म काम गर्न पाउने छन् ।

प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा काम गर्न पाइने भएकाले कर्मचारीतन्त्रमा मुख्य सचिव पद निक्के आकर्षक मानिन्छ । निजामती सेवा ऐनको दफा १९ (२)‘क’मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्यसचिव नियुक्त गरिने उल्लेख छ ।

सरकारका ७० सचिव (विशिष्ट श्रेणी) मध्ये वरिष्ठ तीन सचिवमा परराष्ट्रका शंकरदास वैरागी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here