थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

काठमाडौं, १५ असोज । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु हो ।

मृत्यु हुनेमा सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या ५ सय ९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here