गंगालाल, मनमोहन र ट्रमालाई हिमालय एयरलाइन्सको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, १८ असोज । कोरोनाभाइरस महामारीविरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुलाई सङ्क्रमणबाट बचाउन हिमालय एयरलाइन्सले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री सहयोग गरेको छ ।

कम्पनीकी ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले गत साता शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १ सय थान पि.पि.इ. सेट र १ सय थान आर.डि.टी. परीक्षण किट प्रदान गरेकी हुन् ।

त्यसैगरी १ सय थान पि.पि.इ. सेट र १ सय थान आर.डि.टी. परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहलाई दिइएको थियो ।

त्यसैगरी कम्पनीले १ सय थान पि.पि.ई. सेट, १ सय थान आर.डि.टी. परीक्षण किट, २ सय थान सर्जिकल मास्क, २ सय थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५ सय थान शु कभर र ५ बोत्तल (प्रत्येक ५०० मि.लि.का) स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको थियो ।

सो हस्पिटलका निमित्त अध्यक्ष पूर्णबहादुर शाहीले हस्पिटलका तर्पmबाट उपरोक्त सामाग्रीहरु ग्रहण गरेका थिए ।

यी चिकित्सा सामाग्रीहरुले हस्पिटलहरुका अग्रभागमा रही विरामी सेवामा लागिपर्ने स्वास्थ्यकार्यकर्तालाई ठूलो सहयोग पुग्ने आशा गर्दै आउँदा दिनहरुमा समाजको हितका लागि थप सहयोग गर्ने दलीले बताइन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here